झापा : झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार झापाको कनकाई ननगरपालिका ९ स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण जादै गरेको प्र-१-०२-०४० प ७६४० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको सप्तकोसी नगरपालिका ९ फत्तेपुर बस्ने अन्दाजी ४० वर्षीय केशव गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा गौतमकै छोरा अन्दाजी १३ वर्षीय शंकेत गौतम घाइते भएका छन् ।
उनको सोही अस्पतालमा उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post