इटहरी : सुनसरी क्षेत्र नं. ३ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका विजयकुमार गच्छदारविरुद्ध उजुरी परेको छ ।
गच्छदारको मनोनयन खारेजी गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको हो । गच्छदारविरुद्ध काठमाडौँ वडा नम्बर ७ का विवेक अधिकारीले उजुरी दिएका हुन् ।
ललिता निवास प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका गच्छदारलाई चुनाव लड्ने नैतिकता नभएको भन्दै खारेजीको मागसहित निवेदन दिइएको बताइएको छ ।
‘गच्छदारले २०४८ सालदेखि पटकपटक त्यस क्षेत्रबाट निर्वाचित हुँदा राज्य शक्ति पद र पैसाको व्यापक दुरुपयोग गर्दै जनतालाई धम्क्याउँदै डर त्रास र प्रलोभन देखाएर निर्वाचन जितेको र मतगणनामा व्यापक धाँधली समेत गरेको भन्दै सर्वोच्चमा मुद्दा विचाराधीन छ,’ उजुरीमा भनिएको छ, ‘निजमाथि लागेको आरोप फैसला नहुन्जेल निर्वाचनमा भाग लिन रोक लगाइयोस्।’
उजुरी सुनसरीको निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको आयोगले जनाएको छ। आयोगले निर्णय भने गरेको छैन ।














Discussion about this post