धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेन्ट्रल ल्याबको काउन्टर बिहान ७ बजेदेखि नै खुल्ने भएको छ ।
बिरामीहरूलाई सहजताको लागि ल्याबमा परीक्षण गर्न नमूना संकलन गर्ने कार्यको लागि बिहान ७ बजेदेखि नै काउन्टर खुल्ला हुने प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणी पोखरेलले जानकारी दिए ।
यसअघि भने ओपिडीमा आउने विरामीहरुको लागि बिहान ८ बजेदेखि मात्र ल्याब परीक्षणको लागि काउन्टरहरू खुल्ने गरेको थियो ।
प्रतिष्ठानका अनुसार बिरामीहरूलाई सुविधाको लागि ओपिडी र वार्डको नमुना संकलन काउन्टर र रिपोर्ट वितरण काउन्टर पनि छुट्टा छुट्टै व्यवथा गरिएको छ । वार्डको रिपोर्ट सम्बन्धित वार्डमा नै उपलब्ध हुने पनि प्रतिष्ठानले जनाएको छ ।
यी हुन् काउन्टरहरू –
१. ओपिडी नमुना संकलनस् सेन्ट्रल ल्याबमा रहेको काउन्टर नं १ देखि ७ मा गरिनेछ ।
२. वार्डमा भर्ना भएका विरामीहरुको नमुना संकलनः काउन्टर नं ८ (सेन्ट्रल ल्याबको उत्तर पट्टी बाहिर आइसियु र वार्ड जाने करिडोरको बीचमा, भुँईतल्ला)मा गरिनेछ । वार्डको रिपोर्ट सम्बन्धित वार्डमा नै उपलब्ध हुनेछ ।
३. ओपिडी रिपोर्ट वितरण काउन्टरः सेन्ट्रल ल्याब प्रवेशद्धारको उत्तर पट्टीको कोठा नं. २६ बाट गरिनेछ ।














Discussion about this post