तरहरा : इटहरी २० तरहरामा पुरुष र महिलातर्फ ‘जेसीज रन’ आयोजना हुने भएको छ ।
तरहरा जेसीजले आयोजना गर्न लागेको सप्ताहको उद्घाटन कार्यक्रममा ‘जेसीज रन’ आयोजना हुने भएको हो ।
जेसीजका अध्यक्ष उमेश राईका अनुसार असोज २९ गते शनिबार हुने उद्घाटन कार्यक्रममा १० किलोमिटर दौड प्रतियोगिताको आयोजना गरिएको छ । जसमा पुरुष र महिला दुवैले सहभागी जनाउन सकिने राईले बताए ।
उनका अनुसार पुरुष तथा महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः सात हजार, पाँच हजार र तीन हजार सहित प्रमाणपत्र प्रदान गरिनेछ ।
सहभागीताका लागि दुई सय रुपैयाँ शुल्क लाग्ने र जसमा टिसर्ट प्रदान गरिने उनले बताए । असोज २९ गते साँझसम्म सहभागी हुन सकिने बताइएको छ ।














Discussion about this post