धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक डीन पदमा डा. धनकेशर खड्का नियुक्त भएका छन् ।
प्रतिष्ठानको चर्म तथा यौन रोग विभागका एसोसिएट प्रोफेसर डा. खड्कालाई उपकुलपति डा. ज्ञानेन्द्र गिरीले असोज २६ गतेदेखि लागू हुने गरी दुई वर्षका लागि सहायक डीन पदमा नियुक्त गरेका हुन् ।
डा. भावेश कोइरालाको सहायक डीन (परीक्षा) को दुई वर्षे कार्यकाल मिति २०७९।५।१८ गते पुरा भई उक्त पद हाल रिक्त रहेको थियो ।
डा. खड्काले नेपालगञ्ज मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण तथा प्रतिष्ठानबाट चर्म तथा यौन रोग विषयमा एम.डी उत्तीर्ण गरेका हुन ।
इटहरी १९, तरहराका स्थायी निवासी डा. खड्का सन् २०१२ मा प्रतिष्ठानमा सेवा प्रवेश गरेका थिए ।
आर्थिक वर्ष २०७५।७६ मा प्रतिष्ठानको गुणस्तर नियन्त्रण समितिको संयोजकको भूमिका कुशलतापुर्वक निर्वाह गरिसकेका डा. खड्कालाई नियुक्ति पत्र दिँदै उपकुलपति गिरीले बधाई ज्ञापन गरेका थिए ।














Discussion about this post