इटहरी : इटहरीकी एक महिला विदेश गएको आठ वर्ष बितेपनि परिवारको सम्पर्कमा नभएकाले खोजी तीव्र पारिएको छ ।
इटहरी २ की ३६ वर्षीया गीता गिरी आठ वर्षअघि वैदेशिक रोजगारका लागि कतार गएकी थिइन्। उनी परिवारकै सल्लाहमा विदेश गएको र डेढ वर्षसम्म परिवारको निरन्तर सम्पर्कमा थिइन् । तर, त्यसपछि उनी परिवारसँग सम्पर्कविहीन भइन् ।
परिवारका सदस्यले निरन्तर सम्पर्क गर्न प्रयास गर्दा पनि सम्भव भएन । पछिल्लो समय परिवारका सदस्यले गीताको खोजी कार्य तीव्र पारेका छन्।
गीताको खोजी गर्ने क्रममा अध्यागमनसम्म पुदा उनी सन् २०१७ अक्टोम्बर २३ मा नेपाल आएको खुलेको छ।
सन् २०१४ मा कतार गएकी आमा नेपालको जुनसुकै ठाँउमा भएपनि एकपटक परिवारको सम्पर्कमा आउन गीताका १५ वर्षीय छोरा माधव गिरीको आग्रह छ।
गीताका श्रीमान महेन्द्रले भने, ‘यदि कोहीसँग विवाह गरेर घरजम गरेरै बसेको भएपनि सम्पर्कमा आए सहज हुनेथियो ।’ परिवारले अहिले इलाका प्रहरी कार्यालय इटहरीमार्फत नेपाल प्रहरीका यूनिटमा खोजी गर्न सकुर्लर गरेका छन् ।
तर, उनी अहिलेसम्म सम्पर्कमा नआउँदा परिवारजन खोजीमा भौतारिरहेका छन् ।














Discussion about this post