तरहरा : तरहरा जेसीजले सप्ताह कार्यक्रमको समापन गरेको छ ।
शुक्रबार तरहरामा खुल्ला लोकनृत्य कार्यक्रमको आयोजना गर्दै जेसीजको सप्ताह कार्यक्रम समापन भएको हो ।
लोकनृत्य प्रतियोगितामा इटहरीको कोसी सेन्ट जेम्स कलेज प्रथम भएको छ । यस्तै, पूर्वान्चल सेकेन्डरी स्कुल द्वितीय र ग्लोबल प्रिमियर कलेज तृतीय भए ।
उनीहरूले क्रमशः सात हजार, पाँच हजार र तीन हजारसहित ट्रफी र प्रमाणपत्र हात पारे । लोकनृत्य कार्यक्रममा इश्वरी सिग्देल र नन्दा राई निर्णायक रहेका थिए ।
प्रतियोगितामा आठ वटा टिम सहभागी थिए ।
दीपक भारतीको संयोजकत्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका संयोजक राजन मेहता प्रमुख अतिथि थिए ।
तरहरा जेसीज वर्ष २०२२ मा विविध कार्यक्रम आयोजना गर्दै सप्ताह समापन गरेको अध्यक्ष उमेश राईले बताए ।














Discussion about this post