इटहरी : झापामा रोकिराखेको सिटी सफारी गुडेर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शिवसताक्षी १ धरमपुरमा मे १ ह ७२६० नम्बरको सिटी सफारी दुर्घटना हुँदा दमक ५ का ४८ वर्षीय रणबहादुर खड्काको मृत्यु भएको हो ।
सिटी सफारीबाट फर्निचरका सामान अनलोड गर्ने क्रममा एक्कासी सफारी गुड्दा दुर्घटना भएको हो ।
उक्त सफारीमा दमकबाट फर्निचरको सामान लिएर पुगेका खड्काले सामान अनलोड गर्ने क्रममा एक्कासी सिटी सफारी गुडेर सफारी चालक खड्कालाई किचेको थियो ।
सिटीले किचेर बेहोस भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चालकले ध्यान नदिँदा दुर्घटना भएको खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post