इटहरी : इटहरीमा लागूऔषधसहित दुई पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार इटहरी ६ बाट दुईजनालाई लागूऔषधसहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धरान ११ का २३ वर्षीय निकेश धिमाल र धरान १६ का किसन गुरुङ रहेका छन् ।
शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई खानतलासी गर्दा एभिल ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल, डाइज्लिब ६० एम्पुल र नाइट्राज्पाम पाँच ट्याबलेट बरामद गरेको खड्काले जानकारी दिए ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूलाई सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।














Discussion about this post