मोरङ : मोरङको बूढीगंगा गाउँपालिका २ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर ६ का ३० वर्षीय राम मण्डल रहेका छन् । घर निर्माणको लागि बाँस काट्ने क्रममा बाँसले विद्युतको हाईटेन्सन तारमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका मण्डलको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post