मोरङ : आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन लागि अहिले दलहरू घरदैलो अभियानमा छन् ।
यसैबीच मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. सुनील शर्माले गरीब बिरामीका लागि उद्दार तथा उपचारमा जुटेका छन् ।
चुनावी प्रचारप्रसारलाई थाँती राखेर उनले गरीब बिरामीको उद्दार तथा उपचार सेवा प्रवाहको कार्यमा सक्रिय भएका हुन् ।
शर्माकै पहलमा मोरङको बेलबारी नगरपालिकास्थित डाँगीहाट घर भएका विष्णुबहादुर बानियाँले नयाँ जीवन पाएका छन् ।
आन्द्राको जटिल समस्याबाट ग्रस्त बानियाँ उपचार खर्चको अभावमा घरमै मृत्युसँग लडिरहेकोमा डा. शर्माले बानियाँको निःशुल्क उपचारको व्यवस्था गरेका छन् । विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा बानियाँको निःशुल्क शल्यक्रिया गरिएको छ ।
यस्तै, निःशुल्क औषधि उपलब्ध गराइदिन अस्पताल प्रशासनलाई डा. शर्माले निर्देशन समेत दिए ।
नोबेल अस्पताल शर्माकै स्वामित्वमा रहेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ डा. शर्मालाई नेपाली कांंग्रेसको नेतृत्वमा रहेको संयुक्त गठबन्धनले साझा उम्मेदवार बनाएको छ ।














Discussion about this post