इटहरी : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बिहीबार (आज) प्रदेश कमान्ड पोष्टले इटहरीमा आयोजना गरेको निर्वाचन विशेष सुरक्षा योजना सम्बन्धित बैठकमा मन्त्री कार्कीले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
आवधिक निर्वाचन कसैको जीत हार भन्दापनि लोकतन्त्रको जीतका रूपमा हुने बताउँदै मन्त्री कार्कीले लोकतन्त्रलाई विजयी बनाउनका लागि सुरक्षा निकायका प्रतिनिधिलाई निर्देशन दिए ।
‘यो कसैको जीत हारको कुरा हुँदैन । आवधिक निर्वाचनले लोकतन्त्रलाई विजयी गराउँदछ’ उनले भने, ‘जनताले शान्तिपूर्ण ढङ्गले मतदान गर्न पाउने वातावरण बनाउनुपर्छ ।’
प्रदेशका संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी बढाउन निर्देशन दिँदै उनले भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने बताए ।
बैठकमा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिले प्रदेशको सुरक्षा स्थिति तथा योजनाबारे ‘ब्रिफिङ’ गराएका थिए ।














Discussion about this post