मोरङ : मोरङ क्षेत्र नम्बर ३ बाट लोकतान्त्रित्र बाम गठबन्धनका साझा उम्मेदवार डा. सुनील शर्माले मंसिर ४ पछि बन्ने गठबन्धन सरकारले आगामी दुई वर्षभित्र सुकुम्बासी तथा भूमीहिनलाई पहिलो चरणको धनीपूर्जा वितरण भइसक्ने आश्वासन बाँडेका छन् ।
मोरङ क्षेत्र नम्बर ३ को थपरेमा आयोजित कोणसभालाई सम्बोधन गर्दै शर्माले आफुहरू आश्वासन दिने मात्र नभई काम गर्नका लागि चुनावी मैदानमा रहेको बताए ।
आफूले यसअघिको निर्वाचन जित्न नसकेपनि यस क्षेत्रका जनताको हितमा जुनसुकै समयमा पनि काम गरेको उनले स्मरण गरे ।
शर्माले मोरङ क्षेत्र नम्बर ३ सहित देशभर गठवन्धनको जीत निश्चित भइसकेका कारण मंसिरमा नयाँ सरकार बनेलगत्तै जनतामाझ गरेका बाचा पूरा गर्न आँफू प्रतिबद्ध रहेको बताए ।














Discussion about this post