मोरङ : लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट मोरङको क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका साझा उम्मेद्वार डा. सुनीलकुमार शर्माले आँफू प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने सुविधा नलिने घोषणा गरेका छन् ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्माे आँफू समाज र राष्ट्रलाई योगदान पुर्याउन चुनावमा होमिएको बताउँदै सेवा सुविधा नलिने बताएका हुन् ।
भ्रष्ट्राचार गर्नु वा आर्थिक अनियमितता गर्नु आफ्ना लागि आमाको रगत खाए समान हुने भन्दै शर्माले राज्यकोषबाट कुनै सुविधा नलिएर काम गर्ने घोषण गरे ।
‘म प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने सेवा सुविधा समेत नलिएर ,केवल जनताको सेवा र विकास निमार्णमा ध्यान दिनेछु,’ उनले भने ।
आम जनता रोग र भोकले छट्पाइ रहेका बेला पनि कमिसन खानेहरू रहेकाले अब सचेत हुनुपर्ने समय आएको उनको भनाई थियो ।














Discussion about this post