मोरङ : मोरङको निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. सुनील शर्माले गठबन्धनले विपक्षी दल नेकपा एमालेलाई लखेट्ने बताएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी घरदैलोमा रहेका डा. शर्माले गठबन्धनले एमालेलाई लखेट्ने बताएका हुन् ।
शर्माले आफू चीनमा रहँदा नेपालको कम्युनिस्ट आन्दोलनका अगुवाहरूसँग चीनमा भेटघाट तथा राजनीतिक छलफल गरेको स्मरण गरे ।
१० वर्षे जनयुद्धको सफल अवतरणका क्रममा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग निकट सम्पर्कमा रही तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग वार्ता गराउने कार्यमा समेत आँफूले भूमिका खेलेको उल्लेख गर्दै डा. शर्माले अब गठबन्धनले एमालेलाई लखेट्ने उल्लेख गरे ।
गठबन्धनले सम्पूर्ण शक्ति एकत्रित गरी संविधानविरोधी प्रतिगमनवादी शक्तिलाई परास्त गर्ने उनको भनाइ थियो ।
२०७४ सालमा चुनाव जितेर गएका एमाले उम्मेदवार भानुभक्त ढकाल तीन पटकसम्म मन्त्री बन्दासमेत यस क्षेत्रका लागि केही पनि नगरेकोमा आँफूले भने सोही चुनावमा पराजित भएर पनि निःस्वार्थ जनताको सेवामा समर्पित भएको उनले बताए ।














Discussion about this post