झापा : झापाको मेचीनगरमा पुलबाट खसेर बुद्धशान्ति ५ का ४५ वर्षीय होमबहादुर पोखरेलको मृत्यु भएको छ ।
दोकानडाँडाबाट पूर्व मेचीनगर(३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पोखरेलको शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
शनिबार राति स्थानीय दोकानडाँडादेखि पूर्व मेचीनगर ३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पोखरेलको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















Discussion about this post