इटहरी : प्रदेश १ का प्रदेशसभाको ५६ वटै क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।
प्रदेशको ५६ निर्वाचन क्षेत्रको नजिता सार्वजनिक हुँदा नेकपा एमाले पहिलो दल बनेकोे छ ।
एमालेले २५ सिट जितेको छ । यस्तै, दोस्रो दल बनेको नेपाली कांग्रेसले १७ सिट जितेको छ । तेस्रो दल बनेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले ९ सिट जितेको छ ।
यस्तै, नेकपा एकीकृत समाजवादीले ३ सिट जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सिट जितेको छ ।
प्रदेश १ मा सरकार बनाउनका लागि ४७ सिट आवश्यक पर्छ । सरकार बनाउनका लागि गठबन्धन दलहरूबीच छलफल सुरु हुन थालेको छ ।














Discussion about this post