Wednesday, August 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगर : क्याम्पसको जग्गामा पिच बाटो बनेपछि विवाद

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १५, २०७९
in समाचार
0
विराटनगर : क्याम्पसको जग्गामा पिच बाटो बनेपछि विवाद
125
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको जग्गा मिचेर पिच सडक बनाइएको छ। क्याम्पसको छात्रावासदेखि पश्चिमतर्फ रहेको जग्गा मिचेर स्थानीयले पिच सडक बनाएका हुन्।

२०१२ सालमा स्थापित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको छात्रवास पछाडिको जग्गामा स्थानीयले मिचेर जबरजस्ती पिच सडक बनाएको क्याम्पस प्रशासनले जनाएको छ।

क्याम्पस प्रशासनसँग सल्लाह र सोधखोज नगरी त्यहाँका स्थानीयहरुले एक्लौटी रुपमा आफूहरुलाई फाइदा हुने हिसाबले सडक निर्माण गरेको क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले बताए। क्याम्पसको जग्गा मिचेरको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय, प्रदेश १ को मुख्यमन्त्री कार्यालय, प्रधानमन्त्री कार्यालयलगायत विभिन्न सकारी कार्यालयमा निवेदनको बोधार्थ दिइसकेको क्याम्पसले जनाएको छ।

क्याम्पसको नाममा २२ बिगाहा जग्गा दर्ता रहेको र त्यस अनुसारको मालपोत राजश्व बुझाउँदै आएको क्याम्पस प्रमुख तिम्सिनाले भने, ‘कोइराला परिवाससँग क्याम्पस प्रशासनले खरिद गरेको थियो। क्याम्पसको पश्चिमतर्फ एउटा इट्टा भट्टाको खाल्डो एक जना व्यक्तिले खरिद गरे। छठ पूजा गर्नहरुले त्यहाँ पूजा गर्दै आएका थिए।’

खाल्डो जग्गा खरिद गरेको केही समयसम्म केही समस्या रहेको थिएन। क्याम्पसको पश्चिमतर्फ रहेको खाल्डोवाला जग्गाधनीले खाल्डो पुर्दै जाँदा त्यहाँ रहेको सिमानाका काठका मुड्काहरु पनि पुरिएको क्याम्पस प्रमुख तिम्सिनाले बताए। सिमानाका मुड्काहरु पुरिएसँगै जग्गा मिच्ने काम हुन थाल्यो।क्याम्पसको जग्गा छेउछाउका व्यक्तिहरु मिलेर उनीहरुलाई फाइदा पुग्ने गरी क्याम्पसलाई सोधखोज नगरी बीचबाटै मिचेर पिच बनाउने काम भएको छ। त्यो जग्गा धुरको ८ लाख रुपैयाँभन्दा बढी पर्छ।

जबरजस्ती मिचेर बाटोका लागि प्रयोग भएको जग्गा वातपत कलेजलाई मुअब्जा दिनु प¥यो या त्यो वापत केही कलेजलाई गरिदिनु पर्ने बताउँदै, क्याम्पस प्रमुख तिम्सिनाले भने, ‘वडाध्यक्षलगायत स्थानीयले कलेजलाई बाटो बनाउने समयमा सोध्ने वा सल्लाह गर्नुपर्ने थियो त्यो नगरी निजी जग्गामा बाटो बनाएका छन्। क्याम्पसको जग्गामा बाटो बनाउन थालेपछि विद्यार्थीहरुले अवरोध गरेपछि काम रोकेका थिए। वडाध्यक्षलगायत स्थानीयले केही दिनपछि हतार हतार बाटो खनेर पिच गर्ने काम गरेका छन्। कानुनविपरीत काम गरेकाले सम्बन्धित सरकारी निकायमा जानकारी गराएका छौं।’

क्याम्पसको जग्गा छुट्याउनका लागि नापी कार्यालयमा निवेदन दिइसकेका छौं। त्यो प्रक्रिया पनि पूरा हुन नदिई जबरजस्ती क्याम्पसको जग्गाबाट पिच सडक बनाउने काम भएको क्याम्पस प्रमुख तिम्सिनाले बताए। छात्रावासदेखि दक्षिणतर्फको क्याम्पसको जग्गा अतिक्रमण गरेर केही व्यक्तिहरु बसेका छन्। सबै तर्फबाट क्याम्पसको जग्गा अतिक्रमण गर्न थालेकाले जग्गा नापीका लागि क्याम्पस प्रशासनले प्रक्रिया अघि बढाएको बताएको छ।

क्याम्पसको जग्गा जबरजस्ती मिचेर पिच सडक नबाएको बताएकी स्थानीय सरिता अधिकारीले भनिन्, ‘यो अहिले बनेको बाटो क्याम्पसकै जग्गामा हो। तर, २०६२/२०६३ मा तत्कालीन क्याम्पस प्रमुख गोपाल कार्कीसँग यहाँका मानिसहरुबीच यो जग्गाबाट बाटो प्रयोग गर्ने सम्झौता भएको र सोही अनुसार अहिले पिच बनाइएको हो।’

यो बाटो १८ वर्षदेखि स्थानीयले प्रयोग गर्दै आएका छन्। अहिले भर्खरै मात्रै त्यस बाटो स्तरोन्नती गर्दै पिच गर्ने काम भएको स्थानीय सरिता अधिकारीले बताउँदै भनिन्, ‘क्याम्पससँग भएको सहमति अनुसार विद्युत्को पोल गाड्ने र सोही अनुसारको बाटोमा पिच गर्ने काम गरिएको हो। त्यस बाहेक एक इन्च पनि जग्गा मिचिएको छैन।’

_नागरिक दैनिक

Tags: #विराटनगरविवाद
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

मोरङमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना, २९ वर्षीय युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन १९, २०८३
0

मोरङ : मोरङको बेलबारी नगरपालिका–९ गैराखुनीमा मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। सोमबार राति करिब...

विराटनगरमा पनि निषेधाज्ञा गर्ने निर्णय (निर्णयसहित)
भिजिट नेपाल

विराटनगर नाकाबाट एक वर्षमा २१० विदेशी पर्यटक नेपाल प्रवेश

by रासस
साउन १९, २०८३
0

विराटनगर : मोरङको विराटनगर नाका भइ आर्थिक वर्ष २०८२/८३ मा तेस्रो मुलुकका २१० जना पर्यटक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय...

बजेट पुस्तिका सार्वजनिकसँगै विराटनगरमा योजना कार्यान्वयन सुरु

बजेट पुस्तिका सार्वजनिकसँगै विराटनगरमा योजना कार्यान्वयन सुरु

साउन १९, २०८३
कप्तानगन्ज गोलीकाण्ड : रवीन्द्रको उपचार असफल, मृतक संख्या तीन पुग्यो

कप्तानगन्ज गोलीकाण्ड : रवीन्द्रको उपचार असफल, मृतक संख्या तीन पुग्यो

साउन १९, २०८३

झापामा एक वर्षमा ६९६ जनामा स्क्रब टाइफस संक्रमण

साउन १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकाबाट चिया निर्यात घट्यो, आम्दानीमा ६४ करोडको कमी

साउन १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना, २९ वर्षीय युवकको मृत्यु

साउन १९, २०८३
विराटनगरमा पनि निषेधाज्ञा गर्ने निर्णय (निर्णयसहित)

विराटनगर नाकाबाट एक वर्षमा २१० विदेशी पर्यटक नेपाल प्रवेश

साउन १९, २०८३
बजेट पुस्तिका सार्वजनिकसँगै विराटनगरमा योजना कार्यान्वयन सुरु

बजेट पुस्तिका सार्वजनिकसँगै विराटनगरमा योजना कार्यान्वयन सुरु

साउन १९, २०८३
कप्तानगन्ज गोलीकाण्ड : रवीन्द्रको उपचार असफल, मृतक संख्या तीन पुग्यो

कप्तानगन्ज गोलीकाण्ड : रवीन्द्रको उपचार असफल, मृतक संख्या तीन पुग्यो

साउन १९, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.