धरान : धरानमा आमा समूहका पदाधिकारीको कुटपिटबाट एक महिलाको मृत्यु भएपछि मुख्य आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।
कुटपिटबाट घाइते भएकी ४२ वर्षीया उषा राईको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।
अमरघाटमा सिलाई–बुनाईको काम गर्ने उषा र उर्मिला राईको बीचमा विवाद थियो ।
उनीहरूको बीचमा झगडा हुँदा उर्मिलाले समूह लगेर कुटेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घटनाको अनुसन्धानका लागी उर्मिला राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।
आमा समूहका पदाधिकारीले गरेको कुटपिटबाट राईको निधन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
मृतकका आफन्त र प्रत्यक्षदर्शीले कुटपिटकै कारण उषाको मृत्यु भएको आरोप लगाएका छन् । शुक्रवार (भोलि) वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृतकको पोष्टमार्टम गरिने डीएसपी श्रेष्ठले जानकारी दिए ।
३८ दिनअघिको कुटपिटका कारण मृत्यु भएको हो वा होइन भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















Discussion about this post