विराटनगर : विराटनगर महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान सञ्चालन गरेको छ ।
महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा विराटनगर १९ स्थित वडा कार्यालयबाट अभियानको सुरु गरेको हो ।
अभियानअन्तर्गत सामुदायिक कुकुरको बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्धको खोपसमेत लगाइनेछ ।
पहिलो दिन कञ्चनबारी, नोवेल, पञ्चमुखीचोक, पाञ्चालीलगायतका स्थानबाट सामुदायिक कुकुरलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गरिएको पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिए ।
सहारा एनिमल केयरसँगको सहकार्यमा सञ्चालन गरिएको अभियानअन्तर्गत पहिलो चरणमा ४०० कुकुरको बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्धको खोप लगाइनेछ ।














Discussion about this post