झापा : झापाको कन्काई नगरपालिका ८ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका १ का २२ वर्षीय ओमप्रकाश राउत रहेका छन् ।
बुधबार (आज) बिहान ६ बजे ना ३ ख २९०४ नम्बरको ट्रकले प्रदेश १–०१–०१३ प ४०५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका राउतको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
घटनामा संलग्न ट्रक चालक मोरङ पथरी शनिश्चरेका पर्शुराम थापालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाही सुरु गरेको प्रहरीले जनाएको छ ।














Discussion about this post