तरहरा : इटहरीस्थित तरहरामा भुजेल समुदायले उधौली पर्व मनाएका छन् ।
प्रकृति पूजकका रूपमा रहेका भुजेल समुदायले चाड युहआलो (उधौली) तरहरामा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाएका हुन् ।
प्रकृतिजन्य वस्तुहरू ढुंगा, माटो, हावा, पानी, वन जंगललाई आफ्नो सृष्टिकर्ता, पालनकर्ता र संहार कर्ताको रूपमा मान्ने भुजेलहरूले विविध कार्यक्रम गरी मनाएका हुन् ।
भुजेल युवा संघका केन्द्रीय अध्यक्ष रोशन भुजेलका अनुसार हरेक वर्ष मंसिरे पूर्णिमाका दिनबाट सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ ।
खेतमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गरेर मंसिर शुक्ल पूर्णिमाको दिनको यो पर्वलाई भुजेलहरूले आफ्नो भाषामा युहआलो भन्ने गरेको उनले बताए ।
आफ्नो भाषा, संस्कार, संकृतिहरू लोप भइरहेको अवस्थामा आँफूहरूले संस्कृति जगेर्ना गर्न यस्ता किसिमका कार्यक्रमहरू सञ्चालन गर्ने उनले बताए ।














Discussion about this post