इटहरी : सुनसरी जिल्लामा विगत एक वर्षको अवधिमा ८७ वटा बलात्कारका घटना भएको पाइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीको तथ्याङ्कअनुसार २०७८ पुस १७ गतेदेखि ०७९ मङ्सिर २२ गतेसम्मको अवधिमा सो घटना भएको हो ।
इन्सेकले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम आयोजना गर्दै सो जानकारी गराएको हो ।
२०७८ पुस १७ गतेदेखि मङ्सिर २२ गते सम्मको ११ महिनाको अवधिमा जिल्लामा हत्याका १२ वटा, बलात्कारका ८७ वटा, बलात्कार प्रयासका ३१ वटा, बहुविवाहका २४ वटा, मानवबेचविखन तथा ओसार–पसारका पाँचवटा, बाल यौन दुव्र्यवहारका २० वटा र बाल बिज्याइँका १० वटा घटना अभिलेखीकरण गरिएको इन्सेक सुनसरीले जनाएको छ ।














Discussion about this post