झापा : झापाको दमक नगरपालिका ९ बाट प्रहरीले एक महिलालाई ब्राउनसुगर जस्तो देखिने शङ्कास्पद पदार्थसहित नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले स्थानीय ४५ वर्षीय तुलमाया तामाङलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ ५ ग्रामसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकी महिलामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















Discussion about this post