विराटनगर : विराटनगरका उद्योगी अरुणकुमार राठीलाई अपहरण गरी बन्धक बनाएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
राठीलाई अपहरण गरी १५ लाख रुपैयाँ फिरौती लिएको आरोपमा नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक सिरहाका शहेन साह भनिने अब्दुल खतालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खताबलाई विराटनगर तीनपैनी चोकबाट बिहीबार (आज) पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।
खताबले राठीलाई आफ्नै मिडिया हाउसमा भिडियो खिच्ने भन्दै अघिल्लो बुधबार विराटनगर ६ स्थित मिडिया हाउसमा अपहरण शैलीमा पुर्याएर बन्धक बनाएर १५ लाख तत्काल फिरौती रकम लिएर र बाँकी १५ लाख रुपैयाँ एक सातापछि लिने सर्तमा छाडेका थिए ।
सुटिङ सकिनेबित्तिकै खताब र अर्का सहयोगीले आफूलाई तारले हातखुट्टा सोफामा बाँधेर ३० लाख रुपैयाँ फिरौती मागेको र तत्काल १५ लाख दिँदै बाँकी १५ लाख एक सातापछि दिने सर्त छुटेको राठीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेका छन् ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post