झापा : झापाको मेचीनगर नगरपालिका १३, चारआली बजारमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार इलामको रोङ गाउँपालिका ६ की २३ वर्षीया उषा राईको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
ना ८ ख ३३३६ नम्बरको ट्रकले मे ७ प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरी चौकी चारआलीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post