झापा : झापाको मेची नगरपालिकास्थित चारआली जङ्गलमा दुई जनाको शव फेला परेको छ ।
सोमबार (आज) अपराह्न एक महिला र एक पुरुषको शव फेला परेको हो ।
महिलाको शव भुँइमा र पुरुषको शव रुखमा झुन्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेलगत्तै प्रहरी पुगेर आवश्यक अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।
उनका अनुसार शवको पहिचान खुल्न सकेको छैन । शवको पहिचान र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आत्महत्या वा हत्या भन्ने विषयमा अहिले नै केही भन्नसक्ने अवस्था नरहेको उनले बताए । घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


















Discussion about this post