धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टर (शिक्षाध्यक्ष)मा प्रा.डा.सञ्जीवकुमार शर्मा नियुक्त भएका छन् ।
स्वास्थ्यमन्त्री भवानी खापुङले डा.शर्मालाई रेक्टरमा नियुक्त गरेका हुन् ।
प्रा.डा.गुरु खनालको कार्यकाल सकिएपछि रेक्टर पद रिक्त थियो । वरिष्ठ चिकित्सक डा.शर्माको नियुक्तिसँगै प्रतिष्ठानमा चारै जना पदाधिकारीहरूले पूर्णता पाएको छ ।
शर्मा वरिष्ठ मुटु रोग, मृगौला रोग र सर्पदंशका विशेषज्ञ हुन् ।














Discussion about this post