झापा : झापाको झापा गाउँपालिकामा चोरी भएको मोटरसाइकलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा गाउँपालिका ५ का २३ वर्षीय प्रकाश गनगाई र सिन्धुली घरभई हाल हाल झापा गाउँपालिका ६ बस्ने २० वर्षीय रोशन दमाई रहेका छन् ।
प्रहरीका अनुसार गत पुस ६ गते राति झापा गाउँपालिका ५ बस्ने सूर्यनारायण गणेशले प्रयोग गर्दै गरेको १५० सिसिको प्र–१–०१–१२ प ८०५० नम्बरको पल्सर मोटरसाइकल घरबाटै चोरी भएको थियो ।
भारतको बिहारस्थित तुलसियामा भारतीय प्रहरीको सहयोगमा मोटरसाइल नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका गनगाईलाई आशंका गरी प्रहरीले अनुसन्धान गदैै जाँदा मोटरसाइकल पत्ता लागेको थियो । पक्राउ परेका उनीहरूलाई म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post