बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिकाले कक्षा ७ को नेपाली विषयको परीक्षा रद्द गरेको छ ।
विद्यालयहरूले सञ्चालन गरिरहेको दोस्रो त्रैमासिक परीक्षामा सोधिएको नेपाली विषयको प्रश्नपत्रमा त्रुटि भएको सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नगरपालिकाको शिक्षा विभागका उपसचिव देवेन्द्रबहादुर मल्लले परीक्षा रद्द गरेको जनाएका छन् ।
उनले एक सूचना जारी गर्दै १२ गते सञ्चालन भएको कक्षा ७ को नेपाली विषयको प्रश्नपत्र निर्माण गर्दा गम्भीर त्रुटि भएको पाइएको हुनाले सबै सामुदायिक तथा धार्मिक विद्यालयहरूको परीक्षा रद्द गरिएको छ ।














Discussion about this post