संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका ९ त्रिशुलेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
सोमवार अपरान्ह आफ्नै घरमा भएको मिलमा मकै पिस्ने क्रममा करेन्ट लाग्दा घाईते भएका २९ वर्षीय शिब कुमार भण्डारीलाई उपचारको लागी चैनपुर अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post