झापा : झापाको बुद्धशान्ति गाउँपालिका ३ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
आज दिउँसो साढे १ बजे उत्तरबाट दक्षिणतर्फ जादै गरेको को २० प ३२७८ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउदै गरेको प्रदेश १ ०१–००१ त ९७९७ नम्बरको ट्याक्टर एकापसमा ठोक्किदा एकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक केराबारी गाँउपालिका ८ मोरङका २१ वर्षीय योसन लिम्बु रहेका छन् ।
मोटरसाइकलमा सवार बेलबारी नगरपालिका ४ की १७ वर्षीय लीला श्रेष्ठ घाइते भएकी छन् । उनको बी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न ट्याक्टर चालक रोङ गाँउपालिका ४ इलामका ३३ वर्षीय डिल्लीबहादुर लेप्चालाई नियन्त्रणमा लिइ घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post