इटहरी : इटहरीमा चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार मंगलबार राति ९ बजेको समयमा इटहरी १३ मा पार्किङ गरी राखेको स्कुटरसहित एक व्यक्तिलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका २ बस्ने ३० वर्षीय रामदुलार महतो रहेका छन् ।
उनले इटहरी १३ का रोशन चौधरीको को ३३ प ८५५३ नम्बरको स्कुटर घरमै पार्किङ गरी राखेको अवस्थामा चोरी गरेका थिए । चोरी गरेर लैजाँदै गरेको अवस्थामा चोरीको स्कुटरसहित उनलाई पक्राउ गरिएको डीएसपी खड्काले जानकारी दिए ।
पक्राउ परेका उनीमाथि जिल्ला अदालत सुनसरीबाट चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।














Discussion about this post