ओखलढुङ्गा : नेपाली हिन्दु संस्कारअनुसार छोराले बुबाआमाको काजकिरिया गर्ने चलन छ ।
पछिल्लो समय छोरीले पनि आफ्नो बुबाआमाको मृत्युपश्चात काजकिरिया गर्न थालेको सुनिन्छ । तर, अलग भएकी श्रीमतीले आफ्नो श्रीमानको काजकिरिया गरेको घटना कमै सुनिन्छ ।
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका १२ की ५८ वर्षीया सुमित्रादेवी श्रेष्ठले आफ्ना श्रीमान तिलकबहादुर श्रेष्ठको काजकिरिया गरेकी छन् ।
करीब २२ वर्ष पहिले दोस्रो विवाह गरी एक्लै बसेका श्रीमानको सुमित्रा आफैँले १३ दिने मृत्यु संस्कार गरेकी हुन् ।
मानेभञ्ज्याङ्ग गाउँपालिका–४ धुसिने बस्दै आएका तिलक बहादुरको गत पुस ९ गते छिमेकीको घरमा मृत्यु भएको थियो ।
स्थानीयका अनुसार करिब दुई वर्ष पहिले सुमित्राको छोरा राजु श्रेष्ठको पनि २८ वर्षको उमेरमा निधन भएको थियो । श्रीमानको काजकिरिया गर्ने छोरा समेत नभएकाले आफैले श्रीमानप्रतिको कर्तव्य पालन गरेको सुमित्राले बताइन् ।














Discussion about this post