झापा : झापामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मोटरसाइकलको ठक्करबाट दमक नगरपालिका ६ का ८१ वर्षीय कमलकुमार राईको मृत्यु भएको हो ।
प्रहरीका अनुसार शुक्रबार राति बेलडाँगी सडकमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–०१६ प ६८६ नम्बरको मोटरसाइकलले पैदलयात्री राईलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलसहित चालक दमक नगरपालिका १ का १८ वर्षीय आयुष राईलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको छ ।














Discussion about this post