मोरङ : मोरङको एक सहकारीबाट ३४ लाख रुपैयाँ चोरी भएको छ ।
मोरङको मिक्लाजुङ गाउँपालिका ३ धोबेनमा महिलाहरूले चलाएको सहकारीको मूल ढोकाको ताला फुटाएर चोरी भएको हो । चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले जम्मा गरेको ३४ लाख रुपैयाँ चोरी भएको हो ।
घटना शङ्कास्पद देखिएपछि प्रहरीले एकजना कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरीले सहकारीको आर्थिक कारोबार हेर्ने कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
घटनामा उनको संलग्नता यकिन भइनसकेको प्रहरीले जनाएको छ । सहकारीका अन्य पदाधिकारी र कर्मचारीमाथि पनि सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
सहकारीको ताला फुटाएर कार्यालयभित्र पैसा राखिएको ‘सेभ’ तोडेर चोरी गरेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
रातको समयमा चोरी भएकाले घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।














Discussion about this post