इटहरी : इटहरीमा मोटरसाइकल चोरीको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार इटहरी २ का आश्विन राईले पार्किङ गरी राखेको को २० प ३८४ नम्बरको मोटरसाइकलसहित युवकलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा इटहरी १ बस्ने २२ वर्षीय सौगात थापा रहेका छन् । उनलाई इटहरी ६ बाट प्रहरीले शनिबार पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको डीएसपी खड्काले जानकारी दिए ।














Discussion about this post