झापा : झापाको गौरादह नगरपालिका १ मा स्कुल बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
गौरादह १ स्थित माउन्ट एभरेस्ट बोर्डिङ स्कुलको बसले पैदलयात्री ७२ वर्षीय तुलसा दाहाललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
बिहीबार दिउँसो ३ बजे ठक्कर दिएकोमा उपचारको क्रममा राति ९ः१५ मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
बस चालक अमरलाल ताजपुरिया प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post