Saturday, April 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विमान दुर्घटनामा निधन भएका पत्रकार त्रिभुवन पौडेलले दिउँसोको टिकट बिहान सारेका थिए…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २, २०७९
in समाचार
0
विमान दुर्घटनामा निधन भएका पत्रकार त्रिभुवन पौडेलले दिउँसोको टिकट बिहान सारेका थिए…
102
SHARES
Share on FacebookShare on Twitter

प्रेस सेन्टर पदाधिकारीको बैठकमा सहभागी हुन पोखराका पत्रकार त्रिभुवन पौडेल शुक्रबार काठमाडौँ गएका थिए।

पदाधिकारीको बैठक सकेर आइतबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम थियो । प्रधानमन्त्रीको व्यस्तताका कारण उनलाई आइतबार बिहान भेट्न सम्भव नभएपछि पौडेलले आफ्नो दिउँसो २ बजेको टिकट बिहान सारेर पोखराका लागि उडेका थिए ।

“आइतबार बिहान प्रधानमन्त्रीसँगको भेट सम्भव नभएपछि सम्भवः माघे सङ्क्रान्तिमा परिवारसँग मनाउने योजनापछि उनले दिउँसोको टिकट बिहान सारेको हुनसक्छ”, पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष रामकृष्ण ज्ञवालीले भने । पत्रकार पौडेल बिहानको उडानबाट घर आउने जानकारी श्रीमती प्रतिभालाई पनि थिएन ।

“आइतबार बिहान काठमाडौँबाट ‘गुड मर्निङ बुढी’ भन्दै म्यासेजको रिप्लाइ आएको रहेछ”, बहिनीलाई सम्हालिरहेकी पौडेलकी दिदीसासू अजिता अधिकारीले भनिन्, “सम्भवतः हतारमा बिहान आउँदैछु भन्ने खबर गर्न नपाएको हुनसक्छ ।”

यतिसम्म कि बिहान ११ बजेर १५ मिनेटतिर पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको खबर पाउँदा पनि प्रतिभालाई आफ्नो श्रीमान् पनि त्यही विमानमा हुनुहुन्छ भन्ने हेक्का थिएन । दिउँसोको टिकट काटेको भन्दै उनी श्रीमान् विमानमा नभएको भन्दै मन भुलाउने प्रयासमा थिइन् ।

सामाजिक सञ्जालमा सार्वजनिक यात्रुको सूचीमा श्रीमानको नाम देखेपछि भने उनको मनको शङ्का बढ्दै गएको थियो । जब पटक पटकको प्रयासमा पनि फोन सम्पर्क हुन नसकेपछि भने शङ्का यथार्थमा बदलिदियो । दुर्घटनापछि श्रीमान् खोज्दै अस्पताल पुगेकी उनी बेहोस भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न लैजानुपरेको थियो ।

आइतबार साँझ ६।३० बजेसम्म उनलाई अस्पतालबाट घर फर्काइसकिएको थियो । कोठाका भित्ताभरी टाँगिएका श्रीमानका तस्बिर हेर्दै उनी एकोहोरो रोइरहेकी थिइन् । टेबुलमाथिको पोखरा मिडिया कपको ब्राण्ड एम्बेसडर लेखिएको फुटबल समातेर मुस्कुराइरहेका श्रीमानको तस्बिरलाई हेरेर उनी निकैबेर रोइन् ।

“कस्तो मान्छे होला, अहिलेसम्म नआउने, बिरामी हुँदा त आउनुपर्छ नी, म कुरेर बसेको पनि कस्तो थाहा नपाएको रु” श्रीमानको तस्बिरसँग उनले गुनासो गरिन् । उनको ती शब्दले वरिपरि बसिरहेका आफन्त शुभचिन्तकको आँखा रसाइरहेको थियो ।

“ज्वाइँ काठमाडौँमै भएकाले माघको ५÷६ गतेतिर श्रीमतीलाई उतै बोलाउने भन्ने पनि कुरा भएको रहेछ”, पत्रकार पौडेलकी दिदीसासू अधिकारीले भनिन्, “माघ ९ गतेको ‘एनिभर्सरी’ उतै मनाउने योजना उहाँहरुको थियो ।” आइतबार साँझसम्म घरमा मानिसको भिड लागिसकेको थियो । तल्लो तलामा श्रीमती र माथिल्लो तलामा आमालाई सम्झाउनेलाई सम्हाल्न गाह्रो भइरहेको थियो ।

“मलाई त काठमाडौँ गएको भन्ने पनि थाहा थिएन, म जाने बेलामा अघि लागेर आफैँ गयो”, रुँदै गरेकी पौडेलकी आमाले भनिन्, “कतै जाँदा सधैँभरी खबर गर्ने छोराले खोइ किन हो तर यसपाली गरेन ।”

सानै उमेरदेखि पत्रकारितामा होमिएका पौडेल सानैदेखि मिहेनती थिए । पोखराका अग्रज पत्रकार प्रेस स्वतन्त्रता सेनानी बद्री विनोद खनाल (प्रतीक) का अनुसार पौडेलले १५÷१६ वर्षको उमेरदेखि नै पत्रकारिता सुरु गरेका थिए ।

“मैले जनप्रियमा ७ कक्षादेखि १० कक्षासम्म पढाएँ, निकै टाठो र मेहनती थियो”, उनले भने, “माओवादीप्रति झुकाव राख्ने भएकाले सेना र प्रहरीको निगरानी थियो । मैले हटलाइनमा ल्याएर पत्रकारिता सिकाएको हुँ । त्यसअघि स्वाभिमान पत्रिकामा वितरक भएर काम गरेका थिए ।”

छोटो समयमा निकै प्रगति गरी आफूलाई स्थापित गर्न सफल पत्रकार पौडेल सबैलाई सहयोग गर्ने स्वभावको भएको उनले बताए । आफूलाई पनि बेलाबेला फोन गर्ने, स्वास्थ्य अवस्था बुझिरहने, भेट्न आउने गरेको उनले स्मरण गरे । घटनाले आफूलाई निकै मर्माहत बनाएका साथै पत्रकारिता जगतमै अपूरणीय क्षति भएको उनको भनाइ छ ।

उमेरले ३७ वर्ष पुगेका पौडेल नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य, नेपाल पत्रकार महासङ्घ गण्डकीका संस्थापक अध्यक्ष, महासङ्घ कास्कीका पूर्वउपाध्यक्ष एवं प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्षसमेत भइसकेका थिए ।

पौडेलले तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको प्रेस संयोजकका रुपमा समेत काम गरेका थिए । विसं २०७५ मा विवाह गरेका पौडेलकी एक छोरा पनि छन् । पोखराबाट प्रकाशित हुने हटलाइन राष्ट्रिय दैनिकको सञ्चालकसमेत रहेका पौडेल रेडियो अन्नपूर्ण, नेपाल टेलिभिजन, हिमाल खबर पत्रिकालगायतका सञ्चारमाध्यममा काम गरेका थिए ।

स्वर्गीय पौडेलको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । उनको सम्झनामा नेपाल पत्रकार महासङ्घ, नेपाल पत्रकार महासङ्घ गण्डकी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, प्रेस युनियन, प्रेस चौतारीलगायतका विभिन्न सङ्घसंस्थाले शोक वक्तव्य जारी गर्दै परिवारजनमा हार्दिक समावेदना व्यक्त गरेका छन् ।

पौडेलको पार्थिव शरीरलाई आजै पत्रकार महासङ्घ कास्कीको कार्यालयमा ल्याएर श्रद्धाञ्जली अर्पणको कार्यक्रम रहेका पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।

Tags: #पत्रकार#राससविमान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ
FEATURE BREAKING

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

by रासस
बैशाख ४, २०८३
0

सुनसरी : सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा सशस्त्र...

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा
खेलकुद

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

by टाकुरा न्यूज । इटहरी
बैशाख ४, २०८३
0

विराटनगर : घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८ औं संस्करणको नोबेल विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।...

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

बैशाख ३, २०८३
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

सिटी सफारी अनियन्त्रित भएर दुर्घटना हुँदा एक बालकको मृत्यु

बैशाख ३, २०८३
शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

बैशाख ३, २०८३
त्रिधार्मिकस्थल हलेसीमा बोलबमको रौनक, भारतीय दर्शनार्थीको भीड

पूर्वाधार थपिँदा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो

बैशाख ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

बैशाख ४, २०८३
विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

बैशाख ४, २०८३
प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

बैशाख ३, २०८३
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

सिटी सफारी अनियन्त्रित भएर दुर्घटना हुँदा एक बालकको मृत्यु

बैशाख ३, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1249 shares
    Share 500 Tweet 312
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    464 shares
    Share 186 Tweet 116
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.