ओखलढुंगा : ओखलढुंगामा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ९ माधवपुरकी ४५ वर्षीया कुमारी राईको मृत्यु भएको हो ।
घर नजिकैको गाईबस्तुलाई पानी खुवाउन बनाईएको पोखरीमा डुबिरहेको अवस्थामा स्थानीयले उनलाई फेला पारेका थिए । तत्कालै उनको उद्धार गरिएपनि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएपछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post