तरहरा : नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाको साधारणसभा सम्पन्न भएको छ ।
उपशाखाको वार्षिक साधारणसभा शनिबार तरहराको सगरमाथा खेल मैदानमा सम्पन्न भएको हो ।
सभापति सुमन दाहालको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल प्रमुख अतिथि थिए ।
साधारणसभामको अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ ।
रक्तदान कार्यक्रममा ४५ पिन्ट रगत संकलन भएको सभापति दाहालले बताए । उनका अनुसार रगत अभावकै कारण कसैको ज्यान गुम्न नहुने भन्दै रेडक्रसले हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।





![हामी नवौँ वर्षमा [प्रकाशकीय]](http://takuranews.com/wp-content/uploads/2026/09/Takura-9th-Anniversary-360x180.png)











Discussion about this post