इटहरी : इटहरीमा चोरीको ल्यापटप र टिभीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार सोमबार बिहान रातको २ बजेतिर इटहरी ६ स्थित कविर माध्यमिक विद्यालयमा रहेको ल्यापटप २ थान र टिभी १ थान चोरी भएको थियो ।
सीसी क्यामेरा फुटेजका आधारमा चोरी भएको व्यक्तिको पहिचान गरी सोमबार बिहान १० बजेतिर पक्राउ गरिएको खड्काले जानकारी दिए ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १५ बस्ने २९ वर्षीय गौतम राई रहेका छन् ।
उनलाई मोरङस्थित नेपाल–भारत सीमा नजिक जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका राईले उक्त सामान कविर माध्यमिक विद्यालयबाटै चोरी गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।
पक्राउ परेका राईमाथि सुनसरी जिल्ला अदालतबाट मुलुकी अपराधसंहिता २०७४ अन्तर्गत चोरी मुद्दामा म्याद थप भइ आवश्यक अनुसन्धान तथा कारबाही सुरु गरेको इटहरी प्रहरीले जनाएको छ ।














Discussion about this post