इटहरी : इटहरी चाइनिज पेस्तोलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार साँझ ७ बजे चोरीको बाइक नियन्त्रण लिने क्रममा शङ्कास्पद व्यक्तिहरूको साथबाट पेस्तोल र ६ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा मोरङ टंकीसिनवारी ठेगाना भएका सुजित मगराती माझी र इटहरी १० बस्ने मुकेश कोइराला छन् ।
अर्को एक जनाको नाम भने तत्काल गोप्य राखिएको प्रहरीले जनाएको छ ।
उनी प्रत्यक्षदर्शी हुनसक्ने प्रहरीको अनुमान छ । पक्राउ परेका दुई जना सुनसरीमा पछिल्लो समय बाइक चोरीमा संलग्न भएको प्रहरी स्रोतको भनाई छ ।
उनीहरूलाई प्रहरीले निगरानी गरी साँझ खनार चौकमा चोरीको एक थान बाइकसहित पक्राउ गरेको हो ।
सो क्रममा उनीहरूको साथबाट पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post