झापा : पार्किङ गरेर राखिएको मालबाहक ट्रकमा पछाडिबाट आएको अर्को ट्रक ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
झापाको शिवसताक्षी नगरपालिका १ अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका दुईवटा मालवाहक ट्रकमध्ये ना ५ ख ८३११ मा रड लोड भएको थियो ।
उक्त ट्रक ना ६ ख ८८९५ पार्किङ गरिएको ट्रक भन्दा पछाडि आउँदै थियो । रातिको समयमा बाक्लो हुस्सुका कारण बाटो प्रष्ट नदेखिँदा पार्किङ गरिएको ट्रकमा पछाडिबाट आउँदै गरेको अर्को ट्रक ठोकिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार रड लोड भएको ट्रकका चालक र सह–चालकको मृत्यु भएको हो । मृतकमध्ये चालक सुनसरी रामधुनीका ३५ वर्षीय मदन चौधरी रहेका छन् । सहचालकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
च्यापिएको अवस्थामा रहेका उनीहरूको शव निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार उद्धारका लागि तीन वटा जेसिबी परिचालन गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post