Wednesday, October 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

उवासंघ इटहरी निर्वाचन : कांग्रेसभित्र बढ्दै विवाद, छुट्टाछुट्टै दुई विज्ञप्तिले व्यवसायी अलमलमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २१, २०७९
in समाचार
0
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन स्थगित
147
SHARES
Share on FacebookShare on Twitter

इटहरी : उद्योग वाणिज्य संघ इटहरीको यही माघ २८ गते हुने निर्वाचनमा नेपाली कांग्रेसभित्र विवाद बढेको छ ।

दुई दिनको फरका दुई भिन्नाभिन्नै विज्ञप्तिले कांग्रेसभित्र विवाद चुलिएको हो । दुई छुट्टाछुट्टै विज्ञप्तिले व्यवसायीहरू अलमलमा परेका छन् ।

नेपाली कांग्रेस इटहरी नगर समितिले निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिनसम्म उम्मेदवारी टुंगो लगाउन नसेकेपछि शुुक्रबार साँझ मात्रै विज्ञप्ति प्रकाशन भएको थियो ।

शुक्रबार साझ नगर सभापति हेमकर्ण पौडेलद्वारा जारी विज्ञप्ति अनुसार लोकतान्त्रिक प्यानलबाट गायत्री कटवाल (भण्डारी) लाई कांग्रेसले आधिकारिक उम्मेदवार घोषणा गरेको जनाइएको छ । तर, पार्टीभित्र छलफल नगरी अनाधिकृत हिसाबममा सामाजिक सञ्जालमा घोषणा गरिएपछि विवाद बढेको हो ।

निर्वाचनका लागि बिहीबार मनोनयन दर्ता भएको छ । कांग्रेस निकटका व्यापारीहरू जीवन पराजुली, गायत्री कटवाल (भण्डारी) र पीताम्बर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका छन् । पार्टीले यसअघि आधिकारिक उम्मेदवार टुंगो लगाउन नसकेपछि विवाद चुलिदैँ गएको हो ।

कांग्रेस नगर सभापतिद्दारा जारी विज्ञप्ति ।

कांग्रेस नगर सभापतिको निर्णयप्रति नगर कमिटिकै पदाधिकारीहरूले असन्तुष्टि जनाउँदै अर्को विज्ञप्ति जारी गरेका छन् ।

महाधिवेशन प्रतिनिधि विकास केसी, नगर उपसभापति बालकृष्ण विष्ट, सचिव मन्दीप भट्टराई, सह–सचिव मेनुका गिरीले विज्ञप्ति जारी गर्दै पार्टी सभापतिले कांग्रेसको आधिकारिक उम्मेदवार भनी सामाजिक सञ्जालमा प्रचार गरेकाले आपत्ति जनाएका छन् ।

‘इटहरी उद्योग वाणिज्य संघको सन्र्दभमा इटहरी उपमहानगर समितिमा कुनै छलफल नभएको हामी नगर समितिका पदाभिकारीहरू प्रष्ट पार्न चाहन्छौं । गैर राजनैतिक संगठनमा मतदाता उद्योगी व्यावसायीहरूलाई आफ्नो विवेक र इमानको प्रयोग गर्दै आँफूले रुचाएको उम्मेदवारको पक्षमा आफ्नो मतदान अधिकार प्रयोग गर्न हार्दिक आह्रवान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस इटहरी उपमहानगरसमितिको तर्फबाट सभापति हेमकर्ण पौडेलले आधिकारिक उम्मेदवार भनी प्रस्तुत गर्नुभएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

कांग्रेस नगर सभापतिको विज्ञप्ति विरुद्द नगर कमिटिकै पदाधिकारीको विज्ञप्ति ।

उता, नेकपा एमालेले भने रञ्जु सिग्देललाई उम्मेदवार बनाएको छ । यस्तै, स्वतन्त्र रूपमा मणिन्द्रकुमार कटवालले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

यो पनि – उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा पाँचजनाको उम्मेदवारी, कुन पदमा कति जनाले गरे मनोनयन ?

Tags: #उवासंघ#कांग्रेस#नेपाली कांग्रेसअलमलविवाद
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा
FEATURE BREAKING

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक ४, २०८३
0

इटहरी : नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा नेपालीहरूले...

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३
मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    484 shares
    Share 194 Tweet 121
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    158 shares
    Share 63 Tweet 40

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.