इटहरी : उद्योग वाणिज्य संघ इटहरीको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन समिति सदस्य पोषराज नेपालका अनुसार बिहीबार (आज) भएको मनोनयनमा पाँचजनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्ष पदका लागि जीवन पराजुली, गायत्री कटवाल (भण्डारी), रञ्जु सिग्देल (चौलागाईँ), पीताम्बर पोखरेल र मणिन्द्रबहादुर कटवालले मनोनयन दर्ता गराएका छन् ।
यस्तै, वस्तुगत सदस्यमा दुईजना आवश्यक पर्दा ६ जनाको उम्मेदवारी परेको नेपालले जानकारी दिए । उनका अनुसार उद्योग सदस्यका लागि ४ जना आवश्यक पर्दा ११ जनाको उम्मेदवारी परेको छ । वाणिज्य सदस्यमा भने ९ जना आवश्यक पर्दा २६ जनाको उम्मेदवारी परेको छ ।
एसोसिएट्स सदस्यमा भने एकजना आवश्यक पर्दा एकैजनाको मात्रै उम्मेदवारी परेको छ । एसोसिएट्समा राजीव घिमिरेले मात्रै उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन समितिले पहिलोपटक मात्रै उम्मेदवारको नामावली प्रकाशन गरेकाले उनी निर्विरोध नभइसकेको र अन्तिम नामावली प्रकाशन गरेपछि मात्रै निर्वाचित घोषणा गरिने बताइएको छ ।
उम्मेदवारी दिएकाहरूले २२ गतेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । उवासंघ इटहरीको निर्वाचन यही २८ गते तोकिएको छ ।
कुन पदमा कस्को उम्मेदवारी ?
Discussion about this post