Wednesday, July 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

तरहरादेखि सेउती पुलसम्मको सडक चाँडै बनाउन इटहरीका मेयर पौडेलको निर्देशन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २३, २०७९
in समाचार
0
तरहरादेखि सेउती पुलसम्मको सडक चाँडै बनाउन इटहरीका मेयर पौडेलको निर्देशन
587
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी २० तरहराको पानीपियादेखि धरान जोड्ने सेउती पुलसम्म सर्वसाधरणहरूलाई दैनिक आवतजावत गर्न सास्ती भएको भन्दै इटहरीका मेयर हेमकर्ण पौडेलले तत्काल काम सक्न निर्देशन दिएका छन् ।

तरहरादेखि सेउतीसम्मको ५ किलोमिटर सडक निर्माणमा ठेकेदार कम्पनीले लापरबाही गरेको भन्दै सोमबार स्थलगत निरीक्षण गर्दै मेयर पौडेलले चाँडै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

लामो समयदेखि ठेकेदार पक्षको लापरबाहीले काम समयमा नसकिएको भन्दै तत्काल काम सक्नका लागि निर्देशन दिएको बताए ।

‘तरहरादेखि सेउती पुलसम्मको बाटो नबन्दा दैनिक दर्जनौँ यात्रुहरूलाई सकस हुँदै आएको समस्या आएकाले आज निरीक्षण गरी काम तत्काल सुरु गरी सक्न निर्देशन दिएको छु,’ पौडेलले भने, ‘करीब तीन महिनाभित्र पूर्ण रूपमा काम सम्पन्न गर्ने जानकारी पाएको छु ।’

मेयर पौडेलसहित प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेता लगायतले स्थलगत निरीक्षण गरेका थिए ।

निर्माणाधीन ६ लेन सडकको सेउतीदेखि धरानको तीनकुनेसम्म सडक निर्माण सम्पन्न भइसकेको छ । यस्तै, इटहरीदेखि तरहरास्थित पानीपियासम्मको करीब ५ किलोमिटर सडकको काम पनि यसअघि नै सम्पन्न भइसकेको छ ।

इटहरीदेखि विराटनगर लाइनमा पनि काम भइरहेकाले निर्माण रोकिएको ठाउँमा तत्काल काम अगाडि बढाउन मेयर पौडेलले चासो देखाएका हुन् ।

पानीपिया क्षेत्रमा भेटिएका ठेकेदार पक्षका व्यवस्थापक तारा खड्कालाई सोमबार मेयर पौडेलले भेटेर काम चाँडै सक्नका लागि निर्देशन दिएका हुन् ।

रानी–विराटनगर–इटहरी–धरान सडक योजनाका प्रमुख इन्जिनियर धनकुमार शाक्यलाई पनि यसअघि उपमहानगरपालिकामा नै बोलाएर ६ लेन सडक विस्तारको काम छिटो गर्ने विषयमा छलफल गरिएको थियो ।

मुख्य बजार क्षेत्रमा ६ लेनकै सडक निर्माण भएपनि तरहराको पानीपियादेखि धरानको तीनकुनेसम्म भने चारकोसे वनक्षेत्र पर्ने भएकाले यहाँ ४ लेन सडक विस्तार गर्नेगरी ठेक्का लागेको छ ।

तर, काम सुस्त गतिमा हुँदा दैनिक दर्जनौँले दुःख पाइरहेको स्थानीय सर्वसाधारणले बताएका छन् ।

 

Tags: #अनुगमन#इटहरी उपमहानगरपालिकानिर्देशनहेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीका किसानलाई रोपाइँको चटारो
विविध

निरन्तर वर्षापछि झापामा धान रोपाइँ उत्साहजनक

by रासस
साउन ६, २०८३
0

झापा : नेपालको प्रमुख धान उत्पादन जिल्लामध्ये एक झापामा हालसम्म ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान...

विराटनगरमा घरमै लुकाइएको पेस्तोल र लागूऔषध बरामद, ५९ वर्षीय पुरुष पक्राउ
FEATURE BREAKING

विराटनगरमा घरमै लुकाइएको पेस्तोल र लागूऔषध बरामद, ५९ वर्षीय पुरुष पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन ६, २०८३
0

विराटनगर : विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरस्थित एक घरमा प्रहरीले छापा मारेर अवैध हतियार र लागूऔषध बरामद गरेको छ। घटनामा संलग्न...

मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

मेची भन्सारको राजस्व उकालो, एक वर्षमा १७ अर्ब ६७ करोड उठ्यो

साउन ६, २०८३
आज जननायक वीपी कोइरालाको ३९ औँ स्मृति दिवस

आज बीपी स्मृति दिवस

साउन ६, २०८३
सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

साउन ५, २०८३
तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

साउन ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीका किसानलाई रोपाइँको चटारो

निरन्तर वर्षापछि झापामा धान रोपाइँ उत्साहजनक

साउन ६, २०८३
विराटनगरमा घरमै लुकाइएको पेस्तोल र लागूऔषध बरामद, ५९ वर्षीय पुरुष पक्राउ

विराटनगरमा घरमै लुकाइएको पेस्तोल र लागूऔषध बरामद, ५९ वर्षीय पुरुष पक्राउ

साउन ६, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

मेची भन्सारको राजस्व उकालो, एक वर्षमा १७ अर्ब ६७ करोड उठ्यो

साउन ६, २०८३
आज जननायक वीपी कोइरालाको ३९ औँ स्मृति दिवस

आज बीपी स्मृति दिवस

साउन ६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1106 shares
    Share 442 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    771 shares
    Share 308 Tweet 193
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    449 shares
    Share 180 Tweet 112

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.