इटहरी : इटहरीस्थित बेदान्त हस्पिटलमा २०७१ सालदेखि दैनिक हाडजोर्नी सम्बन्धि सर्जरीको गुणस्तरीय सेवा प्राप्त गरिदैँ आएको छ ।
हस्पिटलले अहिले दैनिक रूपमा धरान तथा विराटनगरको सेवाभन्दा प्रभाकारी र विशेष छुटमा सर्जरी सेवा गरेको जनाएको छ ।
हस्पिटलका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठका अनुसार प्रदेश १ मा लामो समयदेखि विभिन्न अस्पतालमा आबद्ध रही हाडजोर्नी सम्बन्धि सर्जरी सेवा प्रदान गर्दै आएका अनुभवी, दक्ष तथा तालिम प्राप्त बरिष्ठ सर्जन डा. रोबिन श्रेष्ठ र डा. धीरज सिंहको टिमले सेवा दिइरहेको छ ।
हाडजोर्नी सम्बन्धि सम्पूर्ण सेवा हस्पिटलमा उपलब्ध भएको उनले बताए ।
साथै हात, खुट्टा भाँचिएको, हात वा खुट्टा मा सिन्का बिजेको, मासु पलाएको, नङ गाडिएको जस्ता समस्याको उपचार पाइने श्रेष्ठले बताए । दैनिक रूपमा हाडजोर्नी र जेनेरल सर्जरीको अप्रेसन समेत गरिने उनको भनाइ छ ।














Discussion about this post