Thursday, October 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीका शिक्षासेवी लेखनाथ घिमिरे अभिनन्दित (तस्वीरहरूसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २७, २०७९
in समाचार
0
इटहरीका शिक्षासेवी लेखनाथ घिमिरे अभिनन्दित (तस्वीरहरूसहित)
463
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीका शिक्षासेवी लेखनाथ घिमिरेलाई अभिनन्दित गरिएको छ ।

शुक्रबार उनको ७७ औँ जन्मोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा अभिनन्दित गरिएको हो । उनकै कद बराबरको अभिनन्दन पत्रले घिमिरेलाई अभिनन्दित गरिएको हो ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले घिमिरेलाई अभिनन्दन गरेका थिए ।

अभिनन्दन कार्यक्रमपछि बोल्दै प्रमुख अतिथि थपलियाले भने, ‘भाषा, साहित्यको उन्नयन, सामाजिक चेतनाका व्यक्तित्व, शैक्षिक क्षेत्रका संवाहक र शिक्षाको विकासमा लगानी गर्ने अभियन्तालाई अभिनन्दन गर्नु मेरो पनि सौभाग्य हो ।’

घिमिरे सामाजिक व्यक्तित्व मात्रै नभइ प्रेरणाका कुञ्ज रहेको उनको भनाइ छ । ‘उहाँ जहिल्यै पनि अरुको हितमा तल्लीन रहने व्यक्ति हो,’ थपलियाले भने, ‘उहाँको व्यक्तित्व र सादगीपन प्रशंसायोग्य रहेको छ ।’

कार्यक्रममा अभिनन्दित भइसकेपछि घिमिरेले आँफूलाई अभिनन्दन गरेकाले अनुगृहीत भएको बताए ।

‘म अझ जिम्मेवारी र होसियार हुनुपर्छ भन्ने ठानेको छु,’ उनले भने, ‘जीवनका यात्राका क्रममा सकारात्मक सोचले इमान्दारपूर्वक समपर्णले गरिएका काम परिणामुखी र आनन्दायक हुन्छन् ।’

उनले आँफूले ठूला काम नगरेपनि स–साना कामको कदर गरिएकाले कृतज्ञ भएको बताए । भने, ‘यो अनपेक्षित अभिनन्दनले म आँफू कृतज्ञ भएको छु, जीवनमा सधैँ जिम्ेमवारी साथ काम गर्नेछु ।’

घिमिरेलाई रथारोहणसहित इटहरी नगर परिक्रमा गराएर अभिनन्दन कार्यक्रममा सहभागी गराइएको थियो ।

कार्यक्रममा प्रदेश १ का १४ वटै जिल्लाबाट, अन्य प्रदेशका २५ जिल्लाबाट र भारतको विभिन्न प्रदेशबाट उल्लेख्य संख्यामा मानिसहरूको सहभागिता रहेको थियो ।

कवि अनिल पौडेलको संयोजकत्वमा गत चैतमा नागरिक अभिनन्दन मूल समारोह समिति गठन गरी कार्यक्रमको तयारी सुरु गरिएको हो ।

पौडेलले आँफूले अभिनन्दनको प्रस्ताव गर्दा सामाजिक अगुवाहरूले साथ दिएकाले यो कार्यक्रम सम्पन्न भएको बताए ।

यसअघि नागरिक स्तरबाट भाषाविद् प्राध्यापक डाक्टर टंक न्यौपाने र मजदुर नेता ओम कोइरालाई अभिनन्दन गरिएको थियो ।

साथै उक्त कार्यक्रमको अवसर पारेर लेखनाथ घिमिरे अभिनन्दन ग्रन्थ ‘सार्थक जिन्दगी’ पनि सार्वजनिक गरिएको छ । उक्त ग्रन्थमा १ सय ३० भन्दा बढी लेखकहरूले घिमिरेबारे लेख लेखेका छन् । पुस्तक ५४२ पृष्ठको छ ।

Tags: अभिनन्दनलेखनाथ घिमिरे
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज २९, २०८३
0

धरान : धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३० देखि ३५ वर्षका पुरुष...

भेडाको ऊन काट्दै भेडापालक किसान
विविध

भेडाको ऊन काट्दै भेडापालक किसान

by टाकुरा न्यूज । इटहरी
अशोज २९, २०८३
0

ताप्लेजुङको फुङलिङ नगरपालिका-११, फावाखोलाका भेडापालक किसान भेडाको ऊन काट्दै । चिसो मौसम सुरु भएसँगै लेकाली क्षेत्रबाट बेसीतर्फ झारिएका भेडालाई सहज...

विराटनगरमा पार्किङमा राखिएको मोटरसाइकल चोरी भएपछि…

सुनसरीमा गोली प्रहार गरेको आरोपमा पाँच जना पक्राउ

अशोज २९, २०८३
बाढी प्रभावित बालबालिकाको संरक्षणमा एसओएस बालग्रामले सघाउने

बाढी प्रभावित बालबालिकाको संरक्षणमा एसओएस बालग्रामले सघाउने

अशोज २९, २०८३
सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

अशोज २८, २०८३
खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

अशोज २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

अशोज २९, २०८३
भेडाको ऊन काट्दै भेडापालक किसान

भेडाको ऊन काट्दै भेडापालक किसान

अशोज २९, २०८३
विराटनगरमा पार्किङमा राखिएको मोटरसाइकल चोरी भएपछि…

सुनसरीमा गोली प्रहार गरेको आरोपमा पाँच जना पक्राउ

अशोज २९, २०८३
बाढी प्रभावित बालबालिकाको संरक्षणमा एसओएस बालग्रामले सघाउने

बाढी प्रभावित बालबालिकाको संरक्षणमा एसओएस बालग्रामले सघाउने

अशोज २९, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    634 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    287 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.