इटहरी : नेपाल शिक्षक संघ इटहरी नगर कार्यसमितिको दोस्रो अधिवेसन शनिबार भएको छ । अधिवेशनले नयाँ समिति पनि चयन गर्दैछ ।
नयाँ समितिको लागि अध्यक्ष, महिला उपाध्यक्ष र सचिवमा सर्वसहमत गर्ने प्रयास भएपनि अहिलेसम्म सम्भव हुन नसकेको निर्वाचन समितिले जनाएको छ ।
अहिलेसम्म अध्यक्षका लागि मातृका भट्टराई, लोकराज बस्नेत, बासुदेव कर्ण र सिर्जना नेपाल मुख्य प्रतिस्पर्धा रहेका छन् ।
यस्तै, महिला उपाध्यक्षमा प्रार्थना त्रिताल, लक्ष्मी चौधरी र लक्ष्मी कोइराला मुख्य प्रतिस्पर्धी रहेका छन् ।सचिवमा भने गोपीकृष्ण दंगाल र भीम भट्टराई मुख्य प्रतिस्पर्धी छन् ।
पुरुष उपाध्यक्षतर्फ भने विष्णु दाहाल सर्वसहमत भएका छन् यस्तै, सह–सचिव खुल्लामा मोहनप्रसाद बञ्जरा, महिला सह–सचिवमा यमुना बस्नेत, अर्थ सह–सचिवमा दीपेन्द्र राय, समावेसी सह–सचिवमा दिलीप मुखियासहित अन्य केही पदमा सर्वसहमत भएको शिक्षक संघका जिल्ला सह–सचिव रोबनबहादुर कार्कीले बताए ।
इटहरी नगर क्षेत्रमा शिक्षक संघमा २८३ जना सदस्य रहेका छन् ।
अधिवेशनको उद्घाटन इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो ।
सो क्रममा नेपाली कांग्रेस प्रदेश नं. १ का सदस्य तथा शिक्षक संघ सुनसरीका पूर्व अध्यक्ष दामोदर दाहाल, नेपाल ट्रेड यूनियन काँग्रेसका ज्योती कोइराला, काँग्रेस नेता विकास केसी लगायतले सम्बोधन गरेका थिए ।











Discussion about this post